२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

१० दिन पछी सुनियोजित रुपले झुटा कुरा प्रचार गरी बदनाम गर्न खोजियो : उपप्रमुख चन्द

SansherOnline SansherOnline
शुक्रबार ०१, असार २०८० ११:१०
१० दिन पछी सुनियोजित रुपले  झुटा कुरा प्रचार गरी बदनाम गर्न खोजियो : उपप्रमुख चन्द

बैतडी : जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोप लागेकका दशरथचन्द नगरपालिका, बैतडीका उपप्रमुख कौशीला चन्दले आफुले कुनै पनि किसमको जातीय विभेद नगरेको बताउनुभएको छ । बिहीबार एक विज्ञप्ती  गर्दै उपप्रमुख चन्दले आफुलाई वदनाम गर्ने नियतले जातीय विभेद गयो भन्ने भ्रम छर्न खाजिएको आरोप लगाएका छन् । 

उनले म  ठकुरीकी छोरी हुँ दलीतले छोएको खान्न भन्ने  खालको अभिव्यक्ति आफुले नदिएको बताएका छन्। 

जेठ २१ गते  अयोजित कार्यक्रममा मैले  कुनै  खालको जातीय भेदभाव गर्ने किसिमले अभिव्यक्ति नदिएको  प्रष्ट पारेका हुन् । ‘सार्वजनिक पद धारण गरेकी म जिम्मेवार उपप्रमुख भएको हैसियतले पनि यस्तो प्रकृतिको अभिव्यक्तिको परिकल्पना समेत गर्न सक्दिन ।’ उहाँले विज्ञप्ती मार्फत भन्नुभएको छ ।

कार्यक्रममा सहभागी भएको १० दिन पछी सुनियोजित रुपले मेरो सार्वजनिक छबि माथि आँच आउने किसिमले झुटा एकतर्फि समाचार सम्प्रेषण गरेर  जनतालाई  भ्रमित पार्न खोजेको समेत चन्दले विज्ञप्ती मार्फत आरोप लगाएका छन् । मैले  गर्दै नगरेका कुराको  समाचार बनाउन लगाएर, बनाएर बदनाम गर्न  खोजिएको उहाँको भनाई छ । 

कसैको स्वतन्त्रलाई  कसैले अपहरण गर्न  नसक्ने  भन्दै  उनले आफुले उक्त प्रकृतिको  अभिव्यक्ति दिएको ठहरीए कानून बमोजिम कारबाही  भोग्न तयार रहेको समेत विज्ञप्ती मार्फत उल्लेख गरेका छन्  । 

प्रतिक्रिया