२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बाजुराका चेतन अयडीको हत्याः प्रकरणका मुख्य आरोपी पक्राउ

SansherOnline SansherOnline
बिहिबार ३२, जेठ २०८० १०:४९
बाजुराका चेतन अयडीको हत्याः प्रकरणका मुख्य आरोपी पक्राउ

 बाजुरा : गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको मतदानका क्रममा हत्या गरिएका  बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोटका ३२ वर्षीय चेतनदिप अयडीको हत्याका मुख्य अभियुक्त रनसिंह अयडी पक्राउ परेका छन्।  

चेतनको हत्या भएको करिव छ महिना पछि हत्यारा पक्राउ परेका हुन्। उनी नेपाली काँगे्रसका स्थानीय नेता हुन्। उनलाई बिहीबार नेपाल प्रहरी र अनेरास्ववियुको टोलीले धनगढीको एक घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रतिनिधिसभाको मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर चेतन अयडीलाई कांग्रेसका कार्यकताले कुटपिट गर्दा मृत्यु भएको थियो।चेतन नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत थिए।

सोहि घटनामा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीको गोली लागेर नेपाली कांग्रेसका स्थानीय नेता २५ वर्षीय सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो। 

प्रतिक्रिया