२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

‘जानकी भारतीय बेटी’ हुन् भन्ने वाक्यांश तीन दिनभित्र नहटाए काठमाडौंमा हिन्दी फिल्म चल्न दिन्नौं : बालेन

SansherOnline SansherOnline
बिहिबार ३२, जेठ २०८० ०९:०५
‘जानकी भारतीय बेटी’ हुन् भन्ने वाक्यांश तीन दिनभित्र नहटाए  काठमाडौंमा हिन्दी फिल्म चल्न दिन्नौं : बालेन

 

 

 काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने वाक्यांश नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा मात्र नभएर भारतमा पनि नसच्चिए फिल्मलाई महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका हुन् ।

उनले यो सच्याउन तीन दिनको समय दिएको उल्लेख गरेका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपालको सेन्सर बोर्डले पनि फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ । वितरकका अनुसार बिहीबार अबेरसम्म बोर्डले सेन्सरको प्रमाणपत्र पनि दिएको छैन ।

प्रतिक्रिया