डोटी : डोटीमा छुट्टाछुट्टै स्थानमा ट्याक्टर र ट्रक दुर्घटना हुँदा चार जना घाईते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका –०१ समुहगाडमा बिहिबार साँझ र पुर्बिचौकी गाउँपालिका–४ सानागाउँमा बिहान ट्रक दुर्घटना चार जना घाईते भएका हुन ।
दिपायल सिलगढी नगरपालिका –०१ समुहगाड पक्कि पुल नजिक से २ त ३४४१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दिपायल सिलगढी न.पा. ०७ उडितोलाका ट्याक्टर चालक लाल बहादुर कोली र सह– चालक धनबहादुर नेपाली घाईते भएका हुन । सह चालक नेपालीको अबस्था गम्भीर रहेको छ ।
पुर्विचौकीमा सुदुर पश्चिम प्रदेश ०१००१ख २२२० नम्बरको ट्रक हुँदा डडेल्धुरा आलिताल गाउँपालिका वडा नं ०७ का करण बोहरा र सोही ठाउँका सह–चालक नबिन बिक घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिनु भएको छ ।
सह चालक बिकको अबस्था गम्भीर रहेको छ । ट्रक दुर्घटनाका घाईतेहरुलाई उपचारका लागी कैलाली पुयाईसकेको छ भने ट्याक्टरमा दुर्घटनामा परेकाको शैलेश्वरी अस्पतालमा प्रारम्भीक उपचार भईरहेको छ ।
प्रतिक्रिया