दार्चुला : दार्चुलाका एक वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी चेक बाउन्स गरि ठगी गरेको आरोपमा पक्राउका हुन
वडा अध्यक्ष धामीले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलालीका टेक कुँवरलाई दिएका थिए।
उक्त खातामा रकम नै नभएको थाहा पाएपछि टंकले प्रहरीमा उजुरी दिएकाको र सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका एक अधिकारीले बताए।
वडा अध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। तर, उनलाई हाजिर जमानीमा छाडिएको र पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई यसै जेठ २५ गते पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
उनलाई थुनामै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। धामी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
प्रतिक्रिया