२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सिगासमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

SansherOnline SansherOnline
बिहिबार ३२, जेठ २०८० ०९:१३
सिगासमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

बैतडी : बैतडीमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। जिल्लाको सिगास गाउँपालिकाका विभिन्न ठाउँमा नेपाल टेलिकमको नेटवर्कमा फोन सम्पर्कमा समस्या देखिएको  । जसका कारण लाखौँ सेवाग्राहीले सास्ती खेप्नु परेको हो।

सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने समस्या देखिएको छ।

त्यस्तै, मेसेजिङमा पनि समस्या आइरहेको छ। मेसेज गएपनि पाउने व्यक्तिले १०-१५ मिनेटमा पाइरहेका छन्। यसबाहेक डेटा नचल्ने जस्ता समस्या समेत देखिएको  सिगास २ गाँजरी बाट सूर्यबहादुर बोहराले जानकारी दिनुभए ।

नेपाल टेलिकमका टावर लाइ मर्मत सम्भार नगर्दा उक्त समस्या देखिएको हुनसक्ने बोहराको भनाइ छ । नेटवर्कमा आएको समस्याले गाउँपालिका भित्रका सरकारी तथा निजी कार्यालय पनि प्रभावित भएका छन्।

नेपाल टेलिकमको सेवामा पटक–पटक समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन् । उपकरणदेखि जनशक्ति व्यवस्थापन सम्ममा देखिएको चरम लापरबाहीकै कारण नेपाल टेलिकमले यस्तो समस्या व्यहोरिईरहेको छ ।

उपभोक्ताले टेलिकममा के भएको हो ? भनेर जिज्ञासा राखिरहेको भएपनि टेलिकमले हालसम्म कुनै जानकारी दिएको छैन । 

उपभोक्ताहरुले सामाजिक सञ्जालमा गरिरहेका छन् । तर यस विषयमा नेपाल टेलिकमले भने कुनै आधिकारिक जानकारी दिएको छैन ।

प्रतिक्रिया