२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सरकारका मुख्य सचिव राजीनामा दिदै, अर्याल सिफारिस हुँदै

SansherOnline SansherOnline
बुधबार ३१, जेठ २०८० ११:११
सरकारका मुख्य सचिव राजीनामा दिदै, अर्याल सिफारिस हुँदै

 

काठमाडौं: नेपाल सरकारका मुख्य सचिव शंकर दास वैरागीले भोलि राजीनामा दिने भएका छन्। सरकार निकट उच्च स्रोतका अनुसार उनले भोलि नै राजीनामा बुझाउने गरि तयारी गरेका छन्।

वि.स २०७७ साल असोज १४ गते तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी) ले नियुक्त गरेका नेपाल सरकारका मुख्य सचिवको रुपमा कार्यरत पर्वत घर भएका बैरागीको कार्यअवधी अझै केही महिना बाकी छ। तर उनी कार्यकाल सकिनु अगावै राजीनामा दिन लागेका हुन्।

कानुनतः मुख्यसचिवको कार्यकाल ३ वर्षको हुन्छ। जसअनुसार उनको कार्यअवधी अझै असोजको १४ गतेसम्म कायम छ।

स्रोतको दाबी अनुसार भोलि नै नयाँ मुख्य सचिवका रुपमा बैकुण्ठ दास अर्याललाई नियुक्त गरिने भएको छ। उनी अहिले उनी प्रधानमन्त्री कार्यालयमा सचिवको रुपमा कार्यरत छन्।

हिजोमात्रै अर्याललाई मुख्य सचिव नियुक्त गर्ने र बैरागीले राजीनामा गर्ने विषयमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डकी पुत्री गङ्गा दाहाल, बैरागी र अर्यालबीच डिल भएको बताइएको छ। सोही डिलअनुसार भोलि बस्ने मन्त्रीपरिषद बैठकले बैरागीलाई कुनै वैदेशिक तथा कुटनैतिक विभागमा जिम्मेवारी दिएर अर्याललाई सरकारको मुख्य सचिवमा नियुक्त गर्ने स्रोतको भनाई छ।

प्रतिक्रिया