२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

ससुरालीबाट हराएका ज्वाइँ मःम खाँदै गर्दा सालोले भेट्टाए

SansherOnline SansherOnline
बुधबार ३१, जेठ २०८० १०:४८
ससुरालीबाट हराएका ज्वाइँ मःम खाँदै गर्दा सालोले भेट्टाए

 

काठमाडौँ: पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनलाई सालोले नै फेला पारेका हुन् । गत जनवरी ३१ मा ससुरालीबाट बेपत्ता भएका थिए । उनका आफन्तले भने अपहरण भएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए ।

तर, पाँच महिनापछि उनी एकाएक फेला परेका हुन् । निशान्तका सालो रविशंकर कामले नोयडा आएका बेला उनलाई फेला परेका हुन् ।

समाचारमा जनाइए अनुसार एक पसलमा सालो निशान्त मःम खान जाँदा एउटा भिखारीलाई पसलेले भगाइरहेका थिए । रविशंकले माया लागेर एक प्लेट मःम दिन भने । पछि नाम र ठेगाना सोध्दा आफ्नै भिना निस्किए ।

प्रतिक्रिया