बझाङ : बझाङको बित्थडचिर गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता दिन थालेको छ।
गाउँपालिकाले ५० वर्षदेखि माथिका सामाजिक सुरक्षा भत्ताको दायरामा नआएका एकल पुरुषका लागि मासिक ५ सय भत्ता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर बिष्टले जानकारी दिए ।
कार्यविधि निर्माण गरेर भत्ता उपलब्ध गराउन लागिएको उनले बताए । यो निर्णयले ५० वर्ष उमेर पूरा भएका झण्डै ६५ जना भन्दाबढी एकल पुरुष लाभान्वित हुने बताइएको छ ।
प्रतिक्रिया