२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

धनगढीकी डाक्टर शाह मृत्यु प्रकरणमा प्रेमी जेल ‘एक्स’ रिहा

SansherOnline SansherOnline
बुधबार ३१, जेठ २०८० ०८:४२
धनगढीकी डाक्टर शाह मृत्यु प्रकरणमा प्रेमी जेल ‘एक्स’ रिहा

कैलाली : धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डाक्टर प्रसन्ना शाह मृत भेटिएको घटनामा अनुसन्धानमा रहेका डाक्टर सन्दीप भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। 

आफ्नै घरकाे काेठामा मृत भेटिएकी धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्ना शाहकाे आत्महत्या दुरूत्साहन मुद्दामा डा. सन्दीप भट्टराईलाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले साेमबार जिल्ला अदालतमा भएकाे थुनछेक बहसपछि भट्टराईलाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको जानकारी दिए। साेही मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका धनगढीकै विकल केसी भने ५० हजार धराैटी बुझाएर तारेखमा छुटेका छन्। उनी शाहका पूर्व प्रेमी हुन्।

मृतक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीका आधारमा प्रहरीले मायामेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीलाई गत जेठ ६ गते पक्राउ गरेकाे थियाे।

प्रतिक्रिया