२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

नेपाल भित्रियो मनसुन बैतडी कहिले पुग्छ  ?

SansherOnline SansherOnline
बुधबार ३१, जेठ २०८० ०६:५०
नेपाल भित्रियो मनसुन बैतडी कहिले पुग्छ  ?

 

काठमाडौं : यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो ।

आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ ।

बैतडीसहित देशका अन्य भू–भागमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ ।

यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने छ ।

 

प्रतिक्रिया