बैतडी: विद्यार्थी बेहोस हुने समस्या आएपछि बैतडीको एक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । सिगास गाउँपालिका– ५ स्थित शारदा मावि ढुङ्गाडमा अध्ययनरत छात्राहरु विद्यालयमै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।
विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको शारदा माविका प्रधानाध्यापक मिन बहादुर चन्दले जानकारी दिए ।
विद्यार्थीमा दैनिक बेहोस् हुने समस्या देखिन थालेपछि पठनपाठनकार्य प्रभावित भएको प्रअ चन्दको भनाइ छ । बिद्यालयमा एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या सुरु हुन्छ । एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि लगत्तै देखिन्छ ।
प्रतिक्रिया