२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

चट्याङ लागेर बाजुरामा एक युवकको ज्यान गयो

SansherOnline SansherOnline
बुधबार ३१, जेठ २०८० ०९:१४
चट्याङ लागेर बाजुरामा एक युवकको ज्यान गयो

 

बाजुुरा: बाजुरामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ। हिजो साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा जगन्नाथ  गाँउपालिका १ का ३१ वर्षीया यमराज बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएको थिए। उनको साँझ करिब ८ बजे चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाई छ। थप बिवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया