२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुदूरपश्चिममा कहिलेदेखि लगातार पर्छ पानी ?

SansherOnline SansherOnline
मङ्गलबार ३०, जेठ २०८० ०६:५८
सुदूरपश्चिममा कहिलेदेखि लगातार पर्छ पानी ?

 

जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका मौसमविदहरुले यसअघि १३ असारमा मात्रै मनसुन सुदूरपश्चिम प्रवेश गर्ने भनी गरेको प्रक्षेपणमा संशोधन गरिएको छ ।

विभागले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर त्यस्तो संशोधन सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा नेपालको पूर्वी भागमा मनसुन भित्रिने वातावरण बनिसकेको र अबका दुई–तीन दिनमा मनसुन नेपाल प्रवेश गर्ने जनाइएको छ । विज्ञप्तिअनुसार ३२ जेठसम्ममा मनसुन पूर्वको झापा जिल्लामा प्रवेश गरिसक्ने छ ।

नेपालमा तापक्रम बढेर गर्मी उच्च भएकोले मनसुनी प्रक्रिया तीब्र भएको महाशाखाको भनाई छ ।

कहिले पुग्छ मनसुन सुदूरपश्चिममा ?

सामान्यतः मनसुन नेपाल प्रवेश गरेको पाँच दिनमा सुदूरपश्चिम आइपुग्छ । तर, यस पटक भने त्योभन्दा कम समयमा मनसुन सुदूरपश्चिममा आइपुग्ने देखिएको छ ।

विश्वप्रशिद्ध मौसम अनलाइन वेदर डटकमले सुदूरपश्चिममा आगामी आइतबार अर्थात् ३ असारबाट लगातार पानी पर्ने प्रक्षेपण गरेको छ ।

आइतबारबाट सुदूरपश्चिमका नौवटै जिल्लामा मेघगर्जन र चट्याङसहित वर्षा हुने सो अनलाइनले देखाएको छ ।

प्रतिक्रिया