बैतडी : बैतडी डिभिजन वन कार्यालय,जिल्ला प्रशासन कार्यालय, मेलौली नगरपालिका र सुरक्षा निकायको संयुक्त प्रयासमा वन अतिक्रमण गरेर बनेका अवैध संरचना भत्काएको छ।
डिभिजन वन कार्यालयकाको नेतृत्वमा वन अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना मंगलबार भत्काएको हो।
वन अतिक्रमण गरी बनाइएका टहरा भत्काउन पटकपटक निर्देशनसहितको सूचना दिँदासमेत अटेर गरेपछि बल प्रयोग गरी भत्काउनुपरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भिम प्रशाद कंडेलले बताए ।
डिभिजन वन कार्यालय बैतडीकाले यस अघि दुई पटक घर खालि गर्न १५ दिनको सूचना जारी गरेको उनले बताए ।
चापछाड सामुदायिक वन र वडा नम्बर ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी बनेका २७ ओटा घर भत्काइएको हो ।
प्रतिक्रिया