बैतडी : बढ्दो वातावरण प्रदुषण न्युनिकरणका लागि बैतडीको सुर्नया गाउँपालिका २ ले बजार क्षेत्रमा डस्टविन वितरण गरेको छ । फोहोर व्यवस्थापन गर्न र फोहोरले वातावरणमा पार्ने नकारात्मक प्रभाव कम गराउनका लागी यो व्यवस्था गाउँपालिकाको वडा नं २ ले अघि बढाएको हो ।
वडा कार्यालयको सहकार्यमा सतबाँझ र सिउडेबजारमा डस्टविन वितरण गरिएको वडा अध्यक्ष गणेश बहादुर विष्टले जानकारी दिए ।
प्रत्येक व्यवसायीको पसल र सार्वजनिक स्थलमा डस्टविन राखिएका छन् । डस्टविनले फोहर मैला व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया