२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

नेपाली काँग्रेस बैतडीको पालिका सम्मेलन आज

SansherOnline SansherOnline
मङ्गलबार ३०, जेठ २०८० ०९:३४
नेपाली काँग्रेस बैतडीको पालिका सम्मेलन आज

 

बैतडी : नेपाली कांग्रेस बैतडीले आज  पालिका सम्मेलन गर्ने भएको छ । आज पालिका सम्मलेन हुने नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्र बहादुर चन्दले जानकारी दिए ।

सम्मेलनका लागि जिल्लाका १० ओटै स्थानीय तहमा प्रतिनिधि खटिएका छन्। सम्मेलनका लागि दशरथचन्द नगरपालिकामा उपसभापति खगेन्द्रसिंह धामीलाई खटाइएको छ भने पाटन नगरपालिकामा उपसभापति बीरबहादुर बिष्टलाई खटाइएको छ । यस्तै मेलौली नगरपालिकामा पूर्व जिल्ला सभापति नरेन्द्रसिंह थापालाई खटाइएको छ भने पुर्चौंडी नगरपालिकामा जिल्ला सचिव देवराज जोशी खटिएका छन् ।

यस्तै सुर्नया गाउँपालिकामा प्रदेश सभा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति शिवराज भट्ट,  दोगडाकेदार गाउँपालिकामा जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्दलाई खटाइएको छ । डिलाशैनी गाउँपालिकामा जिल्ला सहसचिव दशरथ चाड खटिएका छन्  भने  सिगास गाउँपालिकामा जिल्ला सचिव प्रेमबहादुर चन्दलाई खटिएका हुन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा प्रदेश सभा क्षेत्र नं १ का क्षेत्रीय सभापति विष्णुदत्त भट्टलाई खटाइएको छ भने शिवनाथ गाउँपालिकामा सहसचिव दिपेन्द्र बहादुर चन्दलाई खटाइएको छ ।

सम्मेलनमा कांग्रेसको संगठनको अवस्था,पार्टीको संरचना,पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका बिषयमा छलफल हुने गरेको जनाइएको छ ।

पालिका सम्मेलन सम्पन्न भएपछि असार ३ गते जिल्ला सम्मेलनको आयोजना गर्ने तयारी रहेको नेपाली कांग्रेस बैतडीले जनाएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृप वडको प्रमुख आतिथ्यतामा पाटनमा जिल्ला सम्मेलन हुने
बताइएको  छ ।

प्रतिक्रिया