२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

सवारी दुर्घटनामा पाटन–८ का वडा अध्यक्ष ९ का सचिव दुवै घाइते

SansherOnline SansherOnline
सोमबार २९, जेठ २०८० ०६:२०
सवारी दुर्घटनामा  पाटन–८ का  वडा अध्यक्ष ९ का सचिव दुवै घाइते

बैतडी : बैतडीको पाटन नगरपालिका ८ का वडा अध्यक्ष हरिश बिष्ट र वडा नं ९ का वडा सचिव रामदत्त जोशी मोटर साइकल दुर्घटनामा परी घाइते भएका छन् । 

सोमबार अप्रान्ह करिब ४ बजेको समयमा पाटनबाट खोडपे झाने क्रममा वडा अध्यक्ष र सचिव सवार से १ ब १२९ नं को मोटरसाइकललाई विपरित दिशाबाट आयहेको सुपप्र ०१ ००१ च २६६९ नं जिपले दशरथचन्द राजमार्गमा पर्ने पाटन नगरपालिका ६ स्थित हिरापुर नजिकै ठक्कर दिदा वडा अध्यक्ष बिष्ट र वडा सचिव जोशी घाइते भएका हुन् ।  

वडा अध्यक्ष बिष्टको खुट्टा, अनुहार र शरिरका अन्य भागमा गम्भिर चोट लागेको छ भने वडा सचिव जोशीका खुट्टामा चोट लागेको छ । घाइते दुबैजनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय पाटनको टोली खटिएको छ । 

प्रतिक्रिया