२०८१ बैशाख २३ गते आइतबार
ट्रेन्डिङ

शिवनाथका औलो प्रभावित क्षेत्रमा झुल वितरण

SansherOnline SansherOnline
सोमबार २९, जेठ २०८० ०९:००
शिवनाथका औलो प्रभावित क्षेत्रमा झुल वितरण

 

बैतडी : लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोग नियन्त्रणका लागि शिवनाथ गाउँपालिकाका २५० घरधुरी लाई झुल वितरण गरिएको छ।

गाउँपालिकाका अतिप्रभावित वडा नम्बर ५ का लामाखाली, बगजेबला, सिम, कुलाकोट, बकुन्ना, डाडाकोट, गुफाडी, भाटागडा, डोसेरा, छिणा, माटागाउँका स्थानीयवासी लाई  झुल वितरण गरिएको वडा अध्यक्ष केशव चन्दले जानकारी दिए। 

वडा नम्बर ५ का उक्त टोलहरु मलेरिया रोगको उच्च जोखीम देखिएकाले लामखुट्टेको टोकाईबाट बच्न तथा मलेरिया रोगबाट जोगित १ लाख ५० हजारको लागतमा झुल वितरण गरिएको उनले बताए ।

 

 

 

 

प्रतिक्रिया