२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

यस्तो छ बैतडीमा बन्दको प्रभाव

SansherOnline SansherOnline
आइतबार २८, जेठ २०८० १०:१८
यस्तो छ बैतडीमा बन्दको प्रभाव

बैतडी : कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज आइतवार सुदूरपश्चिम ठप्प छ। आम हड्तालको प्रभाव बैतडीमा समेत परेको हो । 

संघर्ष समितिले घोषणा गरेको आम हडतालका कारण बैतडीको सदरमुकाममा रहेका शिक्षण सस्था र यातायात, बजार पूर्णरुपमा बन्द रहेका छन् । बैतडीमा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन आउन सकेका छैनन् । 

जिल्ला समदरमुकामा रहेका गढी, गोठलापानी र साहिलेक बजार पूर्ण रुपमा बन्द रहेका छन् आमहडतालका कारण सार्वजनिक सवारी साधन सञ्चालनमा नआउँदा नागरिकलाई भने सास्तीमा छन्  । 

आज सुदूरपश्चिमम सबै जिल्ला सुनसान बनेको छ। 

प्रतिक्रिया