२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका सरकारी कार्यालय छैनन् अपाङ्गमैत्री,सेवालिन गाह्रो

SansherOnline SansherOnline
आइतबार २८, जेठ २०८० ०८:३२
बैतडीका सरकारी कार्यालय छैनन् अपाङ्गमैत्री,सेवालिन गाह्रो

 

बैतडी : नेपालको संविधानले अपांगमैत्री कार्यालयको परिकल्पना गरेपनि बैतडीका अधिकांस सरकारी कार्यालयहरु अपाङ्गमैत्री छैनन् ।

स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा कुष्ठरोग तथा अपाङ्गता सम्बन्धि सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रमा सहभागी अपाङ्गता भएकाहरुले जिल्लामा रहेका केहि कार्यालयहरु बाहेक अरुसबै अपाङ्गमैत्री नभएको गुनासो गरेका थिए ।

अपाङ्गमैत्री संरचना भएका ति कार्यालयहरु पनि पूर्णरुपमा अपाङ्गमैत्री नभएका उनीहरुको गुनासो छ । त्यसमा पनि कार्यालय प्रमुखको कार्यकक्ष माथिल्लो तलामा हुने गरेको र आफुहरुले त्यहाँजान नसक्ने भएकाले आफ्ना धैरै समस्या कार्यालय प्रमुखसंग नपुग्ने गरेको गुनासो समेत उनीहरुले गरेका छन् । 

सविंधानमा उल्लेख गरेका कुरा कडाइकासाथ लागु गर्नुपर्ने र अपाङ्गता भएका व्यक्तिहरुलाई सेवालिन सहज बनाईदिनु पर्ने जिल्ला अपाङ्ग संघ बैतडीका अध्यक्ष लोकेन्द्र वहादुर चन्दले बताउनु भयो ।

जिल्लामा रहेका सरकारी कार्यालयमात्र नभइ बैंक वित्तिय सस्था र स्थानियतहका कार्यालयहरु पनी अपाङ्गमैत्री छैनन् । यसले गर्दा आफुहरुलाई सेवालिन गाह्रो हुनेगरेको सहभागी लक्ष्मी विष्टले बताउनु भयो ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई अब निर्माण गरिने हरेक कार्यालय पूर्णरुपमा अपाङ्गमैत्री बन्नु पर्ने माग राखेका छन् ।

अपाङ्गता भएका व्यक्तिलहरुले भोग्दै आएका समस्या र उनीहरुको गुनासोलाई सम्बन्धित तहमा पुयाउने उद्देश्यले अन्तरक्रियाको आयोजना गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेस भट्टले बताउनु भयो ।

प्रतिक्रिया