बैतडी : धनगढीबाट बेपत्ता भएका बैतडीका एक किशोर अत्तरियामा फेला परेका छन्। बैतडीको सुर्नया गाउँपालिका घर भएका १५ वर्षिय अमृत विष्ट पाँच दिन देखि बेपत्ता थिए।
धनगढी उपमहानगरपालिका वडा नम्बर–१ शिवनगरबाट १५ वर्षीय अमृत विष्ट बेपत्ता भएकोमा शनिवार अत्तरियाको लामीतालमा फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनलाई आफन्तले फेला पारेका हुन्। उनी धनगढीको चैतन्य पाठशालामा कक्षा ९ मा अध्ययन छन्।
प्रतिक्रिया