बैतडी : बैतडीमा केही दिनयता अत्यधिक गर्मी बढेको छ। बैतडीको मुकामसमेत रहेको गढी,शाहिलेक,गोठालापानी लगायतका क्षेत्रहरुमा गर्मी बढेको हो। आज गढी,शाहिलेक,गोठालापानीको अधिकतम तापक्रम ३०.९ रहेको छ।
पछिल्ला केही दिनयता गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड ब्रेक गर्न थालेको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्याङकमा आज पनि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ।
प्रतिक्रिया