बैतडी : बैतडी जिल्ला प्रशासन कार्यालयमा विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । सेवाग्राहीलाई सेवा लिन सहज होस् भनेर विद्युतीय टोकन प्रणाली सुरु गरिएको हो ।
गत असारदेखि प्रशासनमा टोकन प्रणाली लागु गरिएता पनि स्वचालित भने थिएन । अहिले कार्यालयले भने स्वचालित मसिन जडान गरेको छ । सेवाग्राहिले अव सिधै टोकन लिएर सेवा लिदाँ लामो लाईनमा बस्नु नपर्ने र समयको पनि बचत हुने भएको छ ।
टाँढाबाट आएको सेवाग्राहिले समयमै सेवा लिउन र पुर्वाग्रही नहोस भन्ने उद्देश्यले मसिन प्रयोगमा ल्याएको र यसबाट पक्कै पनि जनमुखी नतिजा दिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनु भयो ।
अरु कार्यालय र स्थानियतहरुले पनी प्रविधीमुलक उपकरणहरुको प्रयोग गर्नु पर्ने दशरथचन्द नगरपालिकाका प्रमुख पुस्कर राज जोशीले बताउनु भयो ।
अहिले स्वचालित मसिनबाट आफुहरुलाई सेवालिन झन सजिलो भएको सिगासबाट सेवालिन आउनु भएका भागा साउँदले बताउनु भयो ।
केहि दिनभित्रै समाजिक सुरक्षा ईकाईको स्थाप्ना गरि सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया