२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका स्थानीय तहहरुलाई असार १० भित्र विपद व्यवस्थापन योजना बनाउन प्रशासनको आग्रह

SansherOnline SansherOnline
मङ्गलबार २३, जेठ २०८० ११:०९
बैतडीका स्थानीय तहहरुलाई असार १० भित्र विपद व्यवस्थापन योजना बनाउन प्रशासनको आग्रह

 

बैतडीः बैतडीका स्थानीय तहहरुलाई १५ दिनभित्र विपद व्यवस्थापन योजना बनाउन आग्रह गरिएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले १५ दिनभित्र स्थानीय विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना तर्जुमा गरेर जिल्ला विपद् व्यवस्थपान समितिको सचिवालयमा पठाउन आग्रह गरिएको हो। प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका संयोजक सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकमा १० ओटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो।

यस्तै चालु आर्थिक बर्षमा स्थानीय तहहरुले विपद् पूर्वतयार,रोकथाम र प्रतिकार्यका लागि गरेको कामहरुको प्रतिवेदन बनाएर असार १० भित्र जिल्ला प्रशासन कार्यालयमा पठाउन समेत आग्रह गरेको छ। साथै विपद् प्रतिकार्यका सामग्रीहरुको अभिलेख जिल्ला विपद व्यवस्थापनमा पठाउनुपर्ने निर्णय समेत भएको छ।  आगामी मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने क्षेत्रहरुको पहिचान गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया