२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे यस्तो सहमति

SansherOnline SansherOnline
आइतबार २१, जेठ २०८० ०९:५१
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे यस्तो सहमति

 

बैतडी: पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपीआरलाई अबको तीन महिनाभित्र अन्तिम रुपम दिने नेपाल र भारतबीच सहमति भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका समयमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर)लाई अन्तिम रुप दिनका लागि द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको हो। 

पञ्चेश्वर आयोजना कार्यान्वयनका लागि दुवै देशले आवश्यक बित्तीय व्यवस्थाका साथै अन्य व्यवस्थापनहरु गर्ने सहमति भएको श्रोतले जनाएको छ। अबको एक बर्षभित्रै आयोजना कार्यान्यवनको ढाँचा टुंगो लगाउने सहमति समेत भएको जनाइएको छ। 

महाकाली सन्धिमा परिकल्पना गरिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउनका लागि डिपीआरलाई अन्तिम रुपमा दिने र त्यसपछि दुवै देशका सम्बन्धित मन्त्रालयहरुले काम अघि बढाउने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्णप्रसाद भट्टले बताए। 

सन् १९५६ देखि चर्चा सुरु भएको पञ्चेश्वर आयोजना अघि बढाउन अहिलेसम्म डीपीआरको ड्राफ्टले समेत अन्तिम रुप लिन सकेको छैन। ६ हजार ६९० मेगावाट विद्युत उत्पादन क्षमताको पञ्चेश्वर आयोजना अघि बढाउन ८ वर्षअघि नेपाल र भारतको संयुक्त पहलमा कञ्चनपुरको महेन्द्रनगरमा पञ्चेश्वर प्राधिकरण कार्यालय स्थापना गरिएपनि अपेक्षाकृत रुपमा काम हुन सकेको छैन।

प्रतिक्रिया