बैतडी : बैतडीको सिगास गाउँपालिकाले योजनाहरूको अनुगमनमा तिव्रता दिएको छ । पालिकाले चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका योजनाहरूको अनुगमनलाई तिव्र पारिरहेको हो ।
शुक्रबा गाउँपालिकाको वडा नं ०२ मा सञ्चालनमा रहेका योजनाहरूको अनुगमन गरि सुरु भयको गाउँपालिकाकी उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक धाना धामीले जानकारी दिइन् । यस्तै वडा नम्बर २ देखी १ सम्म चालु आर्थिक वर्षका लागि बिनियोजित योजनाहरूको अनुगमनको काम सम्पन्न भएको गाउँपालिका धामीले बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम बोहराले सञ्चालित योजनाहरूको अनुगमन गरेर मात्रै भुक्तानी गरिने बताए । ‘सबै योजनाहरूको अनुगमन गरिरहेका छौ’ उनले भने ‘अनुगमनका क्रममा त्रुटि भेटिए स्टमेटअनुसार काम गर्न लगाएर मात्रै भुक्तानी गर्छौ ।
हाल सम्म अनुगमन सम्पन्न भएका अधिकांश योजनाहरूको प्रभावकारी नै देखिएको अनुगमन समितिका संयोजक धामीले बताइन् । अनुगमनको कार्य वडा नं ०९ मा पुगेर सम्पन्न गरिने छ।
प्रतिक्रिया