२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

लेखराजको कर्णाली सरुवा, सुदूरपश्चिममा ‘इन्चार्ज’ को ?

SansherOnline SansherOnline
शनिबार २०, जेठ २०८० ०३:०२
लेखराजको कर्णाली सरुवा, सुदूरपश्चिममा  ‘इन्चार्ज’ को ?

 

 नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ।

शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो।

जसमा बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्जसमेत तोकिएको छ। कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव रघुवीर महासेठ, मधेशको योगेश भट्टराई, गण्डकीको गोकर्ण विष्ट र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई दिइएको छ।

साथै कर्णाली प्रदेशको इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन्। यसअघि लेखराज सुदूरपश्चिमको इन्चार्ज हुन्। तर उनको सरुवा छिमेकी कर्णाली प्रदेशतिर भएको हो।

प्रतिक्रिया