२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माण हुने

SansherOnline SansherOnline
बिहिबार १८, जेठ २०८० १०:५२
बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माण हुने

बैतडी : बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माण हुने भएको छ। नेपाल–भारत सीमा क्षेत्र महाकाली नदीमा मोटरेबल पुल निर्माण गर्न भारत सरकार सहमत भएको हो।

 पूल निर्माण गरिने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा झुलाघाटमा मोटरेबल पूल निर्माण गरिने भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेका हुन् । 

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नै पुल निर्माण हुने कुरा उल्लेख गरेपछि यो क्षेत्रका नागरिक खुसी भएका छन् । पुरानो नाकाको रुपमा रहेको झुलाघाट नाकामा अब मोटरेबल पुल निर्माणको आसा पलाएको छ । 

झुलाघाट नाकामा अहिले २ सय बर्ष पुरानो झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल निर्माण गर्ने कुराले नेपाली मात्रै नभएर सीमावर्ती भारतीय नागरिक समेत खुसी भएका छन् । झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि ठाउँको अवलोकन भएको र प्रधानमन्त्रीले नै पत्रकार सम्मेलनमा बोलेपछि अब पुल निर्माण हुने आसा छ । 

पूल निर्माण गर्न सके यस क्षेत्रको आर्थिक तथा भौतिक विकासमा महत्वपूण टेवा पुग्ने  विश्वास गरिएको छ ।  

प्रतिक्रिया