२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पाटन नगरपालिकाले माग्यो आगामी बजेटका लागि सुझाव

SansherOnline SansherOnline
बिहिबार १८, जेठ २०८० ०९:०६
पाटन नगरपालिकाले माग्यो आगामी बजेटका लागि सुझाव

 

बैतडी : बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति, बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । निति तथा कार्यक्रम तयारी गरिन लागिएकाले नगरभित्रका आम सर्वसाधारण र सरोकारवाला निकायको धारणा समेट्न लागिएको हो । 

एक हप्ताभित्र राय, सुझाव र सल्लाह नगरपालिकाको कार्यालय प्रतक्ष अथवा ईमेल मार्फत सुझाव पेस गर्न सकिने छ । 
आर्थिक विकास, पूर्वाधार विकास, सामाजिक विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने छ । 

असार १० गते निति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र त्यसैको तयारी स्वरुप सुझाव सल्लाह संकलन गरिन लागिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । 

प्रतिक्रिया