२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुदूरको बैतडीलाई ३ अर्ब ७० करोड बढी बजेट, अरु जिल्लालाई कति ?

SansherOnline SansherOnline
बिहिबार १८, जेठ २०८० ०८:२३
सुदूरको बैतडीलाई ३ अर्ब ७० करोड बढी बजेट, अरु जिल्लालाई कति ?

बैतडी : सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लामा आगामी आर्थिक वर्षका लागि संघीय सरकारले १४ अर्ब ४२ करोड १९ लाख बजेट विनियोजन गरेको छ। प्रदेशलाई चालूतर्फ १० अर्ब ४२ करोड ९४ लाख र पुँजीगततर्फ तीन अर्ब ९९ करोड २५ लाख बजेटको व्यवस्था गरिएको हो। 

४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीले ३ अर्ब ७० करोड ८२ लाख बजेट प्राप्त गरेको छ भने २ नगरपालिका र ५ गाउँपालिका गरी ७ ओटा स्थानीय तह रहेको डडेल्धुराले २ अर्ब २७ करोड १६ लाख बजेट प्राप्त गरेको छ ।

एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका गरी १३ स्थानीय तह रहेको कैलालीले सबैभन्दा बढी बजेट पाएको छ। कैलालीले ६ अर्ब २ करोड ६४ लाख प्राप्त गरेको छ ।

यस्तै ७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरले ३ अर्ब ८२ करोड ८२ लाख बजेट प्राप्त गरेको छ । 

२ नगरपालिका र ७ गाउँपालिका रहेको दार्चुलाले २ अर्ब ९१ करोड ८२ लाख बजेट प्राप्त गरेको छ भने ४ नगरपालिका र ६ गाउँपालिका रहेको अछामले ३ अर्ब ६६ करोड ८५ लाख बजेट प्राप्त गरेको छ । 

२ नगरपालिका र ७ गाउँपालिका रहेको डोटीले ३ अर्ब ५ करोड ३२ लाख, २ नगरपालिका र १० गाउँपालिका रहेको बझाङले ३ अर्ब ७५ करोड १५ लाख बजेट र ४ नगरपालिका, ५ गाउँपालिका रहेको बाजुराले २ अर्ब ५१ करोड २५ लाख बजेट प्राप्त गरेको छ । 

प्रतिक्रिया