२०८१ बैशाख २३ गते आइतबार
ट्रेन्डिङ

सुर्तीजन्य पदार्थ सेवन न्यूनिकरण सम्वन्धी  १ दिने अन्तरक्रिया

SansherOnline SansherOnline
बुधबार १७, जेठ २०८० ०७:२२
सुर्तीजन्य पदार्थ सेवन न्यूनिकरण सम्वन्धी  १ दिने अन्तरक्रिया

बैतडी : बैतडीमा सुर्तीजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धी १दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२३का अवसरमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा अन्तरक्रिया गरिएको हो । 

अन्तरक्रियामा सुर्तीजन्य पदार्थ सेवन न्यूनिकरणका लागि बनेका निति नियमका बिषयमा छलफल भएको छ । सुर्तीजन्य पदार्थ सेवनले शारीरिक तथा आर्थिक नोक्सानी व्यहोर्नुपर्ने भएकाले यसको सेवन न्युनिकरणका लागि अभियानको थालनी गर्नुपर्ने आवाज उठेको छ । 

नियममा फुटकर तथा खिल्ली निकालेर बेच्न नपाइने चुरोट जताततै बेचिने गरेको कुरा मात्रै नियन्त्रण गर्न सके चुरोट सेवन न्युनिकरण हुने बताए । खुल्ला रुपमा चुरोट बेच्ने व्यापारीलाई ५हजार जरिवाना गर्ने कानुनि व्यवस्था छ । 

सुर्तिजन्य पदार्थ सेवनका नोक्सानीहरु बारे थाहा हुदाँहुदैँ जो कोहीले सेवन गर्ने गरेको स्वास्थ्य कार्यालय प्रमुख योगेश प्रसाद भट्टको भनाई छ । सुर्तिजन्य पदार्थको कभरमै सेवन गर्दा हुने नोक्सानीका विषयमा जानकारी दिने गरेको भएपनि बेवास्ता गरिएको उनले बताए । हरेक कार्यालयहरुमा सुर्तिजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धीका जनचेतनामूलक सन्देशमुलक सामग्री टास्नुपर्ने कार्यक्रम कार्यान्वयन नभएको उनको भनाई छ । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले स्थानिय स्तरबाट सुर्तिजन्य पदार्थ सेवन बिरुद्धको अभियान सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे । ‘सबैभन्दा पहिला आफ्नो घरबाट व्यवहारमा प्रयोग गरौँ, त्यसपछी स्थानिय तह जागरुक भएर सुर्तीजन्य पर्दाथ सेवन न्युनिकरणको पहल थालौँ, त्यसपछी हामी जिल्ला स्तरमा नेतृत्व गर्न तयार छौँ, तर सबै ठाउँमा प्रहरी खटाएर अभियान सञ्चालन गर्नु असम्भव छ । सबैजना सुर्तिजन्य पदार्थ न्युनिकरणको अभियानमा साथ दिनुहुन्छ भने हामी नेतृत्व गर्न तयार छौँ ।,’उनले भने ।

सुर्तीजन्य पदार्थ न्युनिकरणका लागि बनेका कानुनहरुको उल्लंघन भएको उजुरी आएमा कारवाही गर्ने प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले बताए । नजिकको प्रहरी कार्यालयमा उजुरी दिन उनको आग्रह छ ।

सुर्तिजन्य पदार्थ बिक्रिका लागि अलग्गै इजाजत पत्र लिनुपर्नेमा केहि व्यपारीले उक्त नियमको पालना गरेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताए । दैनिक छाकटार्ने आय स्रोत नभएका व्यक्तिको घरमा समेत अत्याधिक मात्रामा सुर्तिजन्य पदाएथ सेवन गर्ने स्थीत रहेकाले यसको न्युनिकरण जरुरी रहेको बताए । 

प्रतिक्रिया