२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

दौडेर बैतडी चिनाउने बगेश्वरी लाई सिगासले नगद सहित सम्मान गर्ने

SansherOnline SansherOnline
बुधबार १७, जेठ २०८० ०५:३०
दौडेर बैतडी चिनाउने बगेश्वरी लाई सिगासले नगद सहित सम्मान गर्ने

बैतडी : राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा पुग्न सफल बैतडीको सिगास गाउँपालिका – २ की बागेश्वरी धामी लाई गाउँपालिकाले नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ । 

एथलेटिक्स विधाको दौड प्रतियोगिता बाट सिगास र समग्र बैतडी जिल्ला लाई राष्ट्रिय स्तर सम्म चिनाउन सफल धामी लाई गाउँपालिकाले प्रोत्साहन स्वरुप नगत सङ्गै सम्मान गर्ने निर्णय गरेको हो्र 

विगत तीन वर्ष देखि निरन्तर दौड विधामा सिगास चिनाउने अभियानमा लागिपरेकी धामी लाई प्रोत्साहन स्वरुप तीस हजार रु ३०,००० नगत दिने निर्णय गरेको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्मा सिंह वोहराले बताए। 

खेलकुद प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएकी बागेश्वरीले सिगासको नाम राष्ट्रिय स्तरमा पुगाउन सफल भएको र अझै खेलकुद क्षेत्रमा प्रोत्साहन गर्न सम्मान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत वोहराले बताए। 

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता वाट उदाउदै प्रदेश हुँदै राष्ट्रिय स्तर सम्म पुग्न सफल धामी लाई कार्यपालिकाको बैठक बाट आर्थिक सहयोग सङ्गै सम्मान गर्ने निर्णय गरिएको सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामी बताए।   

नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय प्रति बागेश्वरीले धन्यवाद ज्ञापन गरेकी छिन् । उहाँले भन्नुभयो  “गाउँपालिका स्तरीय प्रतियोगिता हुँदै राष्ट्रिय स्तर सम्म पुग्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद बिशेष गरी नगद पुरस्कार सहित सम्मान गर्न लागेको सिगास गाउँपालिका परिवार लाइ पनि हार्दिक धन्यवाद । यो सम्मानले मलाइ आगामी दिनमा झन उत्साहका साथ खेलकुद क्षेत्रमा अगाडी वढ्न प्रेरणा मिल्ने छ ।”

बागेश्वरी धामी अहिले पढाइ सङ्ग सङ्गै खेल क्षेत्रको एथलेटिक्स अन्तर्गतको दौड विधामा निरन्तर आफुलाई अघि बढाइरहेकी छन् 

प्रतिक्रिया