२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरामा बाख्रा चराउन गएकी बालिका मृत फेला

SansherOnline SansherOnline
बुधबार १७, जेठ २०८० ०४:४८
डडेल्धुरामा बाख्रा चराउन गएकी बालिका मृत फेला

 

डडेल्धुरा : डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेकी हुन् ।

बाख्रा चराउन जंगल गएकी उनी राती अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएको थियो । अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दुरीको जंगलमा मृत अवस्थामा फेला पारेको छ ।

यस विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

प्रतिक्रिया