२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा करेन्ट लागेर शिक्षकको मृत्यु

SansherOnline SansherOnline
बुधबार १७, जेठ २०८० ०१:४९
दार्चुलामा करेन्ट लागेर शिक्षकको मृत्यु

 

दार्चुला : दार्चुलामा करेन्ट लागेर एक जना शिक्षकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको अपिहिमाल गाउँपालिका-३ का दमनसिंह कार्कीको मंगलवार करेन्ट लागेर मृत्यु भएको हो ।

उनी अपिहिमाल गाउँपालिका-४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा शिक्षण गर्दै आइरहेका थिए । आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेका बेला करेन्ट लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया