२०८१ बैशाख २४ गते सोमबार
ट्रेन्डिङ

बैतडीको पाटन जिल्लाकै पहिलो पूर्ण खोपयुक्त पालिका

SansherOnline SansherOnline
बुधबार १७, जेठ २०८० १०:४०
बैतडीको पाटन  जिल्लाकै पहिलो पूर्ण खोपयुक्त पालिका

बैतडी : बैतडीको पाटन नगरपालिका लाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । हिजो मंगलबार एक कार्यक्रमका बिच पाटन नगरपालिका लाई बैतडी जिल्लाकै पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।  

राष्ट्रिय खोप तालिका अनुसार नगरपालिकाका १० वटै वडामा खोप लगाउने उमेर समूहका बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त  पालिका घोषणा गरिएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले जानकारी दिए । १० वटै वडाका १६ देखि २३ महिनाका सबै बालबालिकाहरुले खोप पाएका उनले  बताए ।

पूर्ण खोपयुक्त पालिका घोषणा कार्यक्रममा नगरपालिका स्तरीय खोप समुन्वय समितिका प्रमुख एवम नगर प्रमुख गौरी सिंह रावल, उप प्रमुख कमल बोहरा, १० वटै वडाका अध्यक्ष, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्ट, नगरपालिका स्थित स्वास्थ्य चौकीका प्रमुख एवम प्रतिनिधि लगायतको उपस्थिति रहेको  थियो । 

प्रतिक्रिया