२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

आज निर्जला एकादशी, तुलसीको बीजारोपण गरिँदै

SansherOnline SansherOnline
बुधबार १७, जेठ २०८० १०:१४
आज निर्जला एकादशी, तुलसीको बीजारोपण गरिँदै

 

काठमाण्डौ : आज निर्जला एकादशी तुलसीको बीजारोपण गरी व्रत गरिँदैछ । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ ।

आज रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।

आजका दिन सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ । पूर्वीय दर्शन परम्पराको मैथिल परम्परामा जेष्ठ शुक्लपक्ष लाग्ना साथ दशहरा स्नान मेला प्रारम्भ हुन्छ ।

जेष्ठ शुक्ल दशमीका दिनसम्म विभिन्न तीर्थस्थलमा स्नान गरी दशमीकै दिन वर्षभरिको पूजाका लागि फूलको दल राख्ने र त्यसको भोलिपल्ट आज एकादशीको दिन तुलसीको दल राख्ने गरिन्छ ।

निर्जला, हरिशयनी र हरिवोधनी एकादशीलाई विशेष मानिन्छ । आज तुलसी विजारोपण गर्ने, हरिशयनीमा बिरुवा मठमा रोप्ने र हरिवोधनीमा तुलसीको विवाह गर्ने चलन छ ।

प्रतिक्रिया