बैतडी : संघीय सरकारले आगामी आर्थिक वर्षको लागि बजेट बिनियोजन गरेको छ । बैतडीका १० स्थानीय तहमा ३ अर्ब ७० करोड ८२ लाख बराबरको बजेट बिनियोजन गरिएको हो ।
जिल्लाको दशरथचन्द नगरपालिकामा ५० करोड १४ लाख, पाटनमा ४८ करोड १४ लाख, पुर्चाैडी नगरपालिकामा ४७ करोड ५० लाख, मेलौली नगरपालिकामा ३६ करोड ४५ लाख बिनियोजन गरिएको छ ।
यसैगरी डिलासैनी गाउँपालिकामा ३३ करोड ८४ लाख, दोगडाकेदार गाउँपालिकामा ३८ करोड २५ लाख, पञ्चेश्वर गाउँपालिकामा २८ करोड ५८ लाख, शिवनाथ गाउँपालिकामा २६ करोड ८४ लाख, सिगास गाउँपालिकामा २९ करोड ९२ लाख र सुर्नया गाउँपालिकामा ३१ करोड १६ लाख बजेट विनियोजन भएको छ ।
चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको बजेट केहि कम रहेको बताइएको छ ।
प्रतिक्रिया