धनगढी : धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु भएको छ।
आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। मृतकको अहिलेसम्म नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
प्रतिक्रिया