२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

दार्चुलाका एक किशोर महाकाली नदीमा बगेर बेपत्ता

SansherOnline SansherOnline
सोमबार १५, जेठ २०८० ०६:४०
दार्चुलाका एक किशोर महाकाली नदीमा बगेर बेपत्ता


दार्चुला : दार्चुलाका एक किशोर बेपत्ता भएका छन् । महाकाली नदीमा बगेर महाकाली नगरपालिका–४ बंगाबगरका अन्दाजी १५ वर्षीय सुदिप धामी महाकाली नदीमा नुहाउने क्रममा बगेर वेपत्ता भएका हुन् ।

महाकाली नगरपालिका ४ बांगाबगरस्थित महाकाली नदीमा नुहाउने क्रममा धामी बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

सोमबार (आज) दिउँसो साढे दुई बजे बगेका धामीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

नदीमा बगेर बेपत्ता भएका धामी महेन्द्र नमुना माविमा कक्षा १० मा अध्यनरत रहेका प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 

प्रतिक्रिया