२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा शिक्षकको सरुवा गरेको भन्दै विद्यालयमा तालाबन्दी

SansherOnline SansherOnline
सोमबार १५, जेठ २०८० ०६:०६
बैतडीमा शिक्षकको सरुवा गरेको भन्दै विद्यालयमा तालाबन्दी

 

 बैतडी : बैतडीको पाटन नगरपालिका–३ को बालकल्याण आधारभुत विद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। नगर शिक्षा समितिले विद्यालयका शिक्षक लक्ष्मीकान्त पनेरुको सिद्धेश्वर मावि पाटन ९ हुक्केडाँडामा काजमा सरुवा गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

शिक्षक पनेरु विद्यालयमा रहनुपर्ने माग गर्दै विद्यार्थीहरुको तालाबन्दी गरेका अभिभावक दमन बिष्टले बताए । शिक्षक पनेरुको सरुवा भए विद्यार्थीहरुले विद्यालय नै नआउने अडान राखेका छन् । सिद्धेश्वर माविमा काज सरुवा भएका शिक्षक पनेरु गत चैतमा आएका थिए । विद्यालयका प्रधानाध्यपक हिरादत्त पन्तका अनुसार तालाबन्दी बारेमा आधिकारीक जानकारी नभएको बताए ।

शिक्षक पनेरुको आग्रहमा नै कार्यपालिकाको बैठकबाट निर्णय गरेर नै सिद्धेश्वरमा माविमा काजमा सरुवा गरिएको वडा नम्बर ८ का वडाअध्यक्ष समेत रहेका नगर शिक्षा समितिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक हरिश बिष्टले बताए । विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु र शिक्षकहरुमा आग्रहमा पनेरु सहित तीन जना शिक्षकको काजमा सरुवा गरिएको नगर शिक्षा समितिले जनाएको छ ।

सिद्धेश्वर मावि हुक्केडाँडामा कार्यरत शिक्षक शिवराज भट्टलाई जनपृय आधारभुत विद्यालय काक्सयालीमा , जनपृय आविमा कार्यरत शिक्षक अंकिलाल भट्टलाई बालकल्याण आवि पाटन ३ बोहरीगाउँमा सरुवा गरिएको हो । यस्तै शिक्षक पनेरुको सिद्धेश्वर माविमा काजमा सरुवा गरिएको छ ।

कार्यपालिकाको बैठकबाट नै उक्त निर्णय गरिएकाले विद्यालयहरुलाई सो निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको सामाजिक विकास समितिका संयोजक बिष्टले बताए ।

प्रतिक्रिया