२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

कञ्चनपुरमा पत्रकार कुट्ने प्रहरीलाई कारबाही

SansherOnline SansherOnline
सोमबार ०८, जेठ २०८० ०९:४०
कञ्चनपुरमा पत्रकार कुट्ने प्रहरीलाई कारबाही

कञ्चनपुर: कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाउने प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ।

सुकासालमा भएको घटनाको छानविन गरी ती प्रहरी कर्मचारीलाई विभागीय कारबाही स्वरुप सचेत गराईएको हो।

प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत मंगलबार साँझ महेन्द्रगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कुवरलाई त कुटपिट समेत गरिएको थियो। सो घटनापछी प्रहरीको व्यापक आलोचना हुनका साथै कारबाहीको माग गरिएको थियो।

प्रतिक्रिया