बैतडी : बैतडीमा छोटो दुरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरिएको छ ।सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले छोटोदुरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरेको हो । जेठ १० देखि लागु हुने गरि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिए ।
नयाँ भाडादर कायम गरिएको र यातायात व्यवसायीले बढी अशुले कारबाही गरिने बताइएको छ । यस्तै राजमार्ग तथा स्थानीय तहका ग्रामीण सडकहरुका खाल्डाहरु मर्मत गरि सडकलाई चुस्त राख्न डिभिजन सडक, पूर्वाधार कार्यालय तथा स्थानीयतहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ । यस्तै क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाा हुने गरेको पाइएकाले त्यस्तो नर्गन पनि प्रशासनले आग्रह गरेको छ । यदि क्षमता भन्दा बढी यात्रु बोकेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । यस्तै प्रशासनले गोठलापानी बजारमा गाडी पार्किङ नगर्न अनुरोध गर्दै निर्णयको अवज्ञा गरिए कारबाही हुने समेत बताएको छ ।
प्रतिक्रिया