२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा बलत्कार आरोपी चिफ सर जेलबाट छुटे,पीडितलाई छैन पत

SansherOnline SansherOnline
सोमबार ०८, जेठ २०८० ०५:४७
बैतडीमा बलत्कार आरोपी चिफ सर जेलबाट छुटे,पीडितलाई छैन पत

बैतडी : गत असार २० गते राति २ बजे बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रबहादुर नेगी परस्त्रीको कोठामा फेला परे। नेगीलाई श्रीमतीसँग बलत्कार गर्दैगर्दा कैलाली घर भएका डसराम चौधरीले फेला पारेका थिए। रक्सी सेवन गरेर नेगी आफू नभएको मौका छोपी रातिको समयमा जबजस्ती कोठामा पसरे श्रमतीलाई बलत्कार गरेको डसरामको दाबी छ।

मजदुरी गर्न बैतडी पुगेका चौधरी दम्पति पुर्चौडी नगरपालिका वडा नम्बर १ कोपिखेत गाउँमा डेरा गरी बस्थे। डसराम कामको सिलिसिलामा डडेल्धुरा गएको मौका छोपी क्याम्पस प्रमुख आफ्नो कोठामा छिरेको दाबी चौधरीको दाबी छ। स्थानीय राजनीतिक दलका नेताहरूले बलत्कार जस्तो घटनामा मिलापत्र गर्न दबाबा र प्रलोभन दिए पनि न्याय माग्न र दोषीलाई कानूनबमोजिमको सजाय दिलाउन चौधरीले अदालत जाने निर्णय गरेका थिए।

चौधरीलाई मिलापत्र गर्न राजनीतिक दल र प्रहरी स्वयंले दबाब दिए पनि मुद्दा दायर गरेको बताउँने चौधरी अहिले आएर स्तब्ध भएको बताउँछन्। जिल्ला सरकारी वकिलको कार्यालय बैतडीमार्फत जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएसँगै नेगीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।

तर, नेगी भने जिल्ला अदालतको फैसलाबाट चैत ५ गते नै कारागारमुक्त भएको कुरा ५० दिनपछि थाहा पाएको चौधरीले बताएका छन्। ुमेरो श्रमतीलाई बलत्कार गर्ने राजेन्द्र नेगी जेलबाट रिहा भइसके छन्। मैले न्याय नपाएको महसुस गरेको छु उनले भने,सरकारी वकिलको कार्यालयबाट नेगी छुटेको व्यहोरा पनि जानकारी गरिएन।

प्रतिक्रिया