२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

बझाङमा हिमपहिरो, ५ जना लापता

SansherOnline SansherOnline
आइतबार ०७, जेठ २०८० ०५:१४
बझाङमा हिमपहिरो, ५ जना लापता

 

बझाङ्ग : बझाङ्गमा यार्चागुम्बा संकलनका लागि लेकतिर गएका ५ जना हिमपहिरोमा परि बेपत्ता भएका छन्। जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिका सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालमा आईतबार बिहान ९ बजेतर्फ यार्चागुम्बा संकलनका लागि गएका ५ जना हिमपहिरोमा परि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बेपत्ता हुनेमा सुर्मा गाउँपालिका २ जना र जयपृथ्वी नगरपालिका वडा नं. ३ मयानाका ३ जना हिमपहिरोमा परि बेपत्ता भएका प्रहरीले जनाएको छ। अहिले उद्धारका लागि बझाङ प्रहरीको टोली घटनास्थलतर्फ गएको बताइएको छ।

प्रतिक्रिया