२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

देउडा गायक महेश कुमार औजीको  “लैजा परान” सार्वजनिक

SansherOnline SansherOnline
आइतबार ०७, जेठ २०८० ०८:४५
देउडा गायक महेश कुमार औजीको  “लैजा परान” सार्वजनिक

 

बैतडी : चर्चित देउडा गायक महेश कुमार औजीको स्वरमा रहेको “लैजा परान”गीत सार्वजनिक भएको छ ।औजीकै शब्द तथा सङ्गीतमा रहेको उक्त गीत शनिबार देउडा दर्पण युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

पछिल्लो समयदेखि सुदूरपश्चिमको कला संस्कृतिलाई गीतहरूको माध्यमबाट जगेर्ना आइरहेका देउडा गायक औजीले यो गीतलाई पनि दर्शक तथा श्रोताको माया पाउनेमा विश्वस्त रहेको बताए।
उनले आफ्नो सांगीतिक यात्रा २०५५ सालबाट शुरु गरेका हुन ।

लोकप्रिय गायक औजीले विशेष गरी आफ्ना गीतहरुमा स्वयं नै शब्द रचना र लय गर्दै आएका छन । यसैगरी उनले हालसम्म ५०० वटा गीतहरु बजारमा ल्याइसकेको बताए ।

https://www.youtube.com/watch?v=DevQM5-QUx0

प्रतिक्रिया