२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

दशचथचन्द क्रिकेट रंगशालामा पुर्वाधार निर्माणको काम अघि बढाइने

SansherOnline SansherOnline
आइतबार ०७, जेठ २०८० ०६:२५
दशचथचन्द क्रिकेट रंगशालामा पुर्वाधार निर्माणको काम अघि बढाइने

बैतडी : सुन्दरखालीस्थित दशरथचन्द क्रिकेट रंगशालामा पूर्वाधार निर्माणको कार्य अघि बढाउने सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिने बताए । साथै बैतडीको दशरथचन्दसहित कैलालीको फाप्ला, मोरङको बिराटनगर, चितवनको भरतपुर क्रिकेट रंगशालाको पुर्वाधार निर्माण कार्य अघि बढाइने घोषणा गरेका हुन । 

२०६३ सालमा दशरथचन्द नगरपालिकाले निर्माण शु? गरेको क्रिकेट मैदानलाई २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भनेर शु? गरेको थियो । 

प्रतिक्रिया