२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

भ्रष्टाचारको अन्त्य सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : अध्यक्ष नेपाल

SansherOnline SansherOnline
शनिबार ०६, जेठ २०८० ०९:४३
भ्रष्टाचारको अन्त्य सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : अध्यक्ष नेपाल

 

 नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । 

जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले राष्ट्रिय समस्याका रूपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने जिकिर गरे ।

उनले भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोहो¥याउन कठिन हुने भएकाले यो राष्ट्रिय समस्या समाधान हुनु आवश्यक रहेको बताए । भ्रष्टाचारलाई निर्मूल पार्नु नै अहिले पहिलो प्राथमिकता हुनुपर्ने उनको कथन रहेको थियो ।

नेपालले भने, “सरकार मुलुकमा सुशासन कायम गर्नका लागि कदम उठाइरहेको छ । यो राम्रो विषय हो । नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।”

अर्को प्रसङ्गमा अध्यक्ष नेपालले रेशम चौधरीको रिहाइका लागि आफूसहित सबै लागिपरेको बताए । 

मधेस सरकारको नेतृत्व परिवर्तन वा सरकार परिमार्जनको कुरा उठिरहेको बेला उनले जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी सहमति भएको बताए । रासस

प्रतिक्रिया