२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

SansherOnline SansherOnline
शनिबार ०६, जेठ २०८० ०५:१४
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएको छैन । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

यस्तै, माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका छन् । 

कमलबहादुर शाह गएको माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई शपथ खुवाएका हुन् । 

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले भोलि (आइतबार)देखि कार्यभार सम्हाल्ने बताइएको छ । 

प्रतिक्रिया