२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा एक बालकको मृत्यु

SansherOnline SansherOnline
शनिबार ०६, जेठ २०८० ०१:३६
दार्चुलामा एक बालकको मृत्यु

 

दार्चुला : दार्चुलामा एक बालकको मृत्यु भएको छ। गहुँ चुट्ने थ्रेसर मेसिनको पट्टामा बेरिएर घाइते भएका ती बालकको मृत्यु भएको छ।

उपचारका क्रममा नौगाड गाउँपालिका–४ सिप्टीस्थित मल्लामट्टेका १३ बर्षीय विनोदसिंह धामीको मृत्यु भएको हो। उनी शुक्रबार दिउँसो थ्रेसरको पट्टामा बेरिएर घाइते भएका थिए।

कक्षा ५ मा अध्ययनरत विनोदको उपचारका क्रममा शुक्रबार राति गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया